अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्री खनालको पहिलो निर्णय: टुक्रे आयोजना कार्यान्वयन नगर्ने

अर्थमन्त्री खनालको पहिलो निर्णय: टुक्रे आयोजना कार्यान्वयन नगर्ने


काठमाडौं-नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहण गर्दै नै तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने घोषणा गर्नुभएको छ। सोमबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा जिम्मेवारी सम्हाल्दै उहाँले “फजुल खर्च नियन्त्रण र मूल्याङ्कन” गरेर मात्र काम अघि बढाइने स्पष्ट पार्नुभयाे।

अर्थमन्त्री खनालले भन्नुभयो, ‘पूर्व तयारी नरहेका आयोजनाहरूलाई अघि बढाइँदैन। यस्ता टुक्रे आयोजना खारेज गरिन्छ। हामी खरानीबाट जाग्यौँ है भन्ने सन्देश अर्थ मन्त्रालयबाटै दिनेछौँ।’

यससँगै अर्थमन्त्री खनालले निजी सचिवालय नराख्ने घोषणा पनि गरिसक्नुभएको छ। “मेरो लागि चालक भए पुग्छ, गाडीमा हिँड्दा फोन गर्नुपर्ने भएकाले मात्रै चालक चाहिन्छ’,’ अर्थमन्त्री खनालले भन्नुभयाे।