परासी-नेकपा एमाले पार्टी पश्चिम नवलपरासीले जेनजी प्रदर्शनको क्रममा भएको क्षति अवलोकन तथा भेटघाट गरेको छ। जिल्लामा जेनजी प्रदर्शनको क्रममा सरकारी कार्यालय सार्वजिक निजीमा आगजनी तोडफोड स्थलगत गरी एमाले पार्टीले अवलोकन तथा भेटघाट गरेको हो।
एमाले जिल्ला अध्यक्ष दिपेन्द्रकुमार अधिकारीको नेतृत्वमा जिल्लामा २०८२ भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा स्थानीय तह, वडा कार्यालय जिल्ला समन्वय समिति मन्त्री, पूर्व मन्त्री नेताको घरमा आगजनी र तोडफोड भएको अवलोकन भेटघाट तथा सान्त्वना दिने काम गरिएको अध्यक्ष अधिकारीले बताउनुभयाे।

जिल्लामा सबैभन्दा प्रतापपुर गाउँपालिकाको अध्यक्ष उमेशचन्द्र यादव दुई वटा घरमा आगजनी तथा तोडफोड क्षति र पूर्व मन्त्री हृदयेश त्रिपाठी, संविधान सभा सदस्य विक्रम खनाल, नेकपा एमालेका जिल्ला सचिव धिरज शर्मा बस्याल, तथा पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा सकिन अन्सारीको घरमा आगजनी तथा तोडफोड क्षति धेरै क्षति भएको अधिकारीले जानकारी दिनुभयाे।
उहाँको अनुसार नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनवल नगरपालिकाकी मेयर विमला अर्याल, सुनवल नगरपालिकाका उपमेयर सूर्य दुबे बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता, सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय लगायत नेता-कार्यकताको तोडफोड आगजनी भएको उनीहरूको घरमै पुगी भेटघाट गरी सान्त्वना दिने काम र घटनाको विषयमा जानकारी लिएको बताउनुभयाे।
जेनजी प्रदर्शन क्रममा स्थानीय तहका कार्यालयहरू ध्वस्त बनेको छ कुनै कनै स्थानीय तहबाट सेवा प्रवाह हुन नसक्ने अवस्था रहेको अध्यक्ष अधिकारी बताउनु भयाे। उहाँले आवश्यक कागजपत्र समेत प्रर्दशनकारीहरुले जलाएको र भवनहरू पूर्ण क्षति भएको र नेता र अरू पालिका अध्यक्षहरूको व्यक्तिगत सम्पत्ति घर जलाएको उनीहरूको घर कुनै पनि जिन्सी सामान खाद्यान्न कपडालत्ता समेत सबै जलेर खरानी परिणत भएको र बस्ने बास समेत नरहेको बताउनुभयाे।
रामग्राम नगरपालिका कार्यालय मेयर बस्ने कार्यकक्ष पूर्ण रुपले ध्वस्त भएको र अन्य शाखाहरुमा पनि क्षति पुगेको छ। जिल्ला समन्वय समिती कार्यालय भवन तल तल्ल र माथिल्लो तल्लमा पूर्ण रुपले क्षती त्यही तल्लो भवनमा रहेको सुकुम्बासी तथा अव्यस्थित बासोबास आयोग कार्यालयमा रहेका आवश्यक काजगपत्र जलेको छ। सुनवल नगरपालिका भवन तोडफोड कार्यालय मालपोत कार्यालय तोडफोड लगायतको कार्यालयहरु तोडफोड भएको छ।
अध्यक्ष अधिकारीको नेतृत्वमा अवलोकन तथा भेटघाटको क्रममा पार्टीका केन्द्रीय सदस्य,पार्टीका पदाधिकारी, पाटीबाट निर्वाचित मेयर पार्टीका भातृ सङ्गठनका लगायतको सहभागिता रहेको थियो। जिल्लामा भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा करिब ५० वटा बढी सार्वजनिक सम्पत्ति, निजी र संस्थाका संरचनामाथि तोडफोड र आगजनी भएको थियो। यता जिल्लामा भएको क्षतिको विवरण सङ्कलन गर्न सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरी क्षतिको विवरण सङ्कलन गर्न कार्य समितिले सुरु गरेको छ।







प्रतिक्रिया