अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महासचिव पोखरेलद्वारा देशैभरि क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माण थाल्न अपिल

एमाले महासचिव पोखरेलद्वारा देशैभरि क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माण थाल्न अपिल



काठमाडौं- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशैभरि क्षतिग्रस्त भएका पार्टी कार्यालयहरुको पुनर्निर्माण सुरु गर्न कार्यकर्ताहरूलाई अपिल गर्नु भएको छ।

यही भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि महासचिव पोखरेलले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणका लागि योगदान गर्न पनि पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको छ।

महासचिव पोखरेलले एमाले असोज ३ गते खरानीको थुप्रोबाट नै संविधानस दिवश मनाउन पनि सबैलाई निर्देशन दिनुभएको छ। ‘लामो संघर्षबाट २०७२ सालमा प्राप्त भएको संविधान दिवश असोज ३ गते पर्दछ। उक्त दिवस हामी खरानीकै थुप्रोबाट मनाउनेछौं। सबै जिल्लाले यो कार्यक्रम गर्नुहुनेछ। काठमाडौं उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्रांगणमा हुनेछ।’ उहाँले सधैं सडकबाट निर्णय नहुने भएकोले सडकबाट प्राप्त गरेका उपलब्धीलाई संविधानमा संस्थागत गर्नुपर्ने बताउनुभयो।


वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र शुसासनका कदम अघि बढाउदा एमालेले सहयोग गर्ने महासचिव पोखरेलले बताउनुभयो । यो सरकार अन्तरिम भएकोले यसको मुल काम सुरक्षाको वातावरण बनाउने र समयमा नै निर्वाचन गराउनेमा ध्यान जानेमा आफू विश्वश्त रहेको पोखरेलले बताउनुभयो । ‘नेपालका सबै लोकतान्त्रिक पार्टीहरु जनतामा गएर,जनताका बीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नुभएको छ भन्ने हामी ठान्दछौं ’ पोखरेलले भन्नुभयो ।