काठमाडौं-भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा हिजाे भएको गाडी दुर्घटनामा चारजना नेपालीको मृत्यु भएको छ। दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। यस्तै एक भारतीयको पनि मृत्यु भएको छ। चालक जोगिन्दर सिंहको पनि ज्यान गएको भारतीय प्रहरीले जनाएको छ।
दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने लक्ष्मी नवराजकी पत्नी हुन्। नवराज र हिमबहादुर गाडीकाे ढाला पछाडि बसेकाले फाल हानेर जाेगाएका छन्। तीन जना मृतक एकै परिवारका हुन्।
ज्यान गुमाउने लक्ष्मी डिल्लीबहादुरकी माइला दाइकी बुहारी हुन् भने एकेन्द्र डिल्लीबहादुरका जेठा दाइका छाेरा हुन्।






प्रतिक्रिया