काठमाडौं-२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँमा मारिएकाहरूको आज सामूहिक अन्त्येष्टि गरिँदैछ। मृतकका परिवारका सदस्य र आफन्तहरुले महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालबाट शवयात्र गरी पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गर्ने तयारी छ ।
आन्दोलनका क्रममा घाइते भई त्यहाँ उपचारका क्रममा मृत्यु भएका १० जनाको शव यात्रा निकाल्न लागिएको हो।
१० शवमध्ये ६ वटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र बाँकी ४ जनालाई पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सामूहिक अन्त्येष्टि गरिने बताइएको छ। विमानस्थल पुर्याइने शव उपत्यकाबाहिरका भएकाले गृहजिल्ला लगेर अत्येष्टि गरिने भएको हो।






प्रतिक्रिया