काठमाडौं-नेकपा (एमाले)ले संविधान दिवस यही असोज ३ गते शुक्रवार देशभर भव्यताका विभिन्न कार्यक्रम गरेर मनाउन विशेष आह्वान गरेको छ।
एमाले महासचिव शंकर पोखरेलले २०७२ भदौ ३० गते सोमबार जारी गरेको परिपत्रमा संविधान दिवसका दिन पार्टीका तर्फबाट सबै जिल्लामा कार्यक्रम आयोजना गर्ने र काठमाडौँ उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्राङगनमा ऐतिहासिक उत्सवको रूपमा मनाउन आग्रह गरेको हो।
महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ राजनीतिक अस्थिरता, अराजकता र संवैधानिक व्यवस्थामाथि आक्रमण गर्ने प्रवृत्तिको भर्त्सना गर्दै संविधानको रक्षा, स्थायित्व र जनताप्रतिको प्रतिबद्धता प्रकट गरिएको छ।’
२०८३ भदौ २३ र २४ गतेको दुर्भाग्यपूर्ण घटनाले राजनीतिक अवस्था अस्थिर बनेको र संवैधानिक व्यवस्थामाथि आक्रमण गर्ने प्रयास भइरहेको जनाउँदै विज्ञप्तिमा संवैधानिक लोकतन्त्र र गणतन्त्रको पक्षमा दृढ रहन पार्टी कार्यकर्तालाई आह्वान गरिएको छ।
विज्ञप्तिमा संविधान दिवसलाई राज्यस्तरमा समेत विशेष कार्यक्रममार्फत मनाउँदै आएको उल्लेख गर्दै एमालेले यस वर्ष पनि देशभर कार्यक्रम गर्ने जनाएको छ।








प्रतिक्रिया