अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई दलाई लामाको बधाईमा एमालेको गण्डकी सम्पर्क कमिटीको चासो

प्रधानमन्त्रीलाई दलाई लामाको बधाईमा एमालेको गण्डकी सम्पर्क कमिटीको चासो


पोखरा-२०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीलाई तिब्बती धर्मगुरु दलाई लामाले दिएको बधाई सन्देशप्रति नेकपा एमालेले गम्भीर चासो राखेको छ। दलाई लामाले प्रधानमन्त्रीलाई किन बधाइ दियाे भनेर एमालेले चासाे राखेकाे हाे । किनकी नेपालको इतिहासमा दलाई लामाले कुनै पनि नेपाली प्रधानमन्त्रीलाई बधाई दिएको यो पहिलो घटना हो।

एमालेको गण्डकी सम्पर्क कमिटी र कास्की-काठमाडौँ सम्पर्क मञ्चका प्रतिनिधिहरूबीच भएको छलफलमा यस विषयको समीक्षा गरिएको हो। एमाले केन्द्रीय सदस्य खगराज अधिकारीले उक्त घटना र हालैको राजनीतिक परिवर्तनबारे पार्टीले गम्भीर समीक्षा गरिरहेको बताउनुभयाे।

एमाले गण्डकी सम्पर्क कमिटी र कास्की-काठमाडौँ सम्पर्क मञ्चका प्रतिनिधिहरूले यो घटनाक्रमलाई देशको वर्तमान भूराजनीतिक अवस्था र आन्तरिक सुरक्षाका लागि नयाँ चुनौतीका रूपमा लिएको छ। बैठकले यी विषयमा गहन समीक्षा आवश्यक रहेको निष्कर्ष निकालेको छ।

 बैठकमा सिंहदरबार, सङ्घीय संसद् भवनलगायतका महत्त्वपूर्ण संरचनाहरू ध्वस्त पारिएको, जेनजी आन्दोलनले हिंसात्मक रूप लिएको, एक नेताका लागि देशभरका जेलमा तोडफोड गरिएको, पूर्वप्रधानमन्त्री दम्पतीमाथि भएको आक्रमण र सुरक्षा संयन्त्रको उदासीनता लगायतका विषयमा गम्भीर छलफल भएको थियो।