काठमाडौँ- राष्ट्रिय सभाको चालु अधिवेशन मङ्गलबारदेखि अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको जानकारी राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई दिएको छ ।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०५/३० को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन संवत् २०५२ साल भदौ ३१ गते मङ्गलबार राती १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ,’ प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।








प्रतिक्रिया