काठमाडौँ-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताउनुभएको छ। महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत सो कुरा बताउनु भएको हो।
महासचिव पोखरेलले नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाउनुपर्ने र जनतासँगको सम्बन्धलाई जीवन्त र घनिष्ठ बनाउनु पर्नेमा जोड दिनुभएको छ। उहाँले जेनजी आन्दोलनको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको भने विरोध गर्नुपर्ने बताउनुभयो। महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौँ। त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको विरोध गरौँ। नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔँ। जनतासँगको सम्बन्धलाई जिवन्त र घनिष्ठ बनाऔँ।’
महासचिव पोखरेलले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक हुनुपर्ने बताउनुभयो। महासचिव पोखरेलले भन्नुभएको छ, ‘जनपक्षीय जीवनशैली र आचरणमा जोड दिऔँ। आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पङ्क्तिको मनोबल उच्च बनाऔँ। संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ। लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ। जबजको जगमा उभिएको हाम्रो पार्टी र आन्दोलनले वर्तमानका सबै चुनौतीलाई सम्बोधन र समाधान गर्न सफल हुनेछ।’







प्रतिक्रिया