काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले असोज ३ गते शीतलनिवासमा संविधान दिवस मनाउनु हुने भएको छ। संविधान दिवस (राष्ट्रिय दिवस)को अवसरमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा असोज ३ गते शुक्रबार दिउँसाे ३:३० बजे कार्यक्रम राख्नुभएको हो।
राष्ट्रपति कार्यालय शीतलनिवासमा संविधान दिवस मनाउँदै एक कार्यक्रम आयोजना गरिने उक्त निम्तापत्रमा उल्लेख छ। राष्ट्रपति पौडेलले निम्तापत्रमा असोज ३ गते शुक्रबार अपरान्ह साढे ३ बजे कार्यक्रम राखिएको व्यहोरा पनि अवगत गराउनु भएको छ। उपस्थितिका लागि राष्ट्रपति पौडेलले विशिष्ठ व्यक्तिहरूलाई आमन्त्रण गरेका छन्।
सरकारले पनि संविधान दिवस मनाउँदै छ। गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्यकाअनुसार संविधान दिवस सामान्य रुपमा बनाउने तयारी सरकारको छ।







प्रतिक्रिया