काठमाडौँ-नेकपा एमालेले असोज ३ गते पार्टी केन्द्रीय कार्यालय च्यासल परिसरमै संविधान दिवस मनाउने निर्णय गरेको छ।
आज पार्टी कार्यालय च्यासलमा बसेको जनसङ्गठन, सम्पर्क कमिटी, बागमतीका इन्चार्ज र अध्यक्ष तथा केन्द्रीय विभाग प्रमुख सहभागी बैठकले असोज ३ गते बिहान ८ बजे एमाले केन्द्रीय कार्यालय परिसरमा संविधान दिवस मनाउने निर्णय गरेको हो।
संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई आवहान गरेको छ। पार्टी निर्णय अनुसार, सम्पूर्ण पार्टी पंक्तिलाई संविधान दिवसको उत्सवमा सहभागी हुन आवहान गरिएको एक नेताले बताउनुभयो।
एमालेले आज राष्ट्रिय शोक दिवसमा जेन-जी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
बैठकमा उपाध्यक्ष गुरु बराल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, पदमा अर्याल, रघुवीर महासेठलगायत सहभागी हुनुहुन्थ्यो।
२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई संविधान दिवसका रूपमा मनाउने गरिएको छ।









प्रतिक्रिया