अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री कार्की र मोदीबीच आज टेलिफोन वार्ता हुँदै

प्रधानमन्त्री कार्की र मोदीबीच आज टेलिफोन वार्ता हुँदै


काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्की र भारतका समकक्षी नरेन्द्र मोदीबीच आज (बिहीबार) कुराकानी हुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओमा संवाद हुने भएको हो। 

स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले बिहान ११ः३० बजे मोदीसँग टेलिफोन वार्ता गर्नुहुने छ। यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए।

भेटमा राजदूत श्रीवास्तवले नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गरिरहेको र आगामी दिनमा पनि यो जारी रहने प्रतिबद्धता जनाए। 

त्यस्तै, आज दिउँसो १ बजे नेपालका लागि चीनका राजदूत चेन सोङले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।