अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिक नागरिक समाजका प्रतिनिधीको ज्ञापन पत्र राष्ट्रपतिलाई : दलहरु लोकतन्त्रका जग हुन् भन्ने नभुल्न सरकारलाई आग्रह

नागरिक नागरिक समाजका प्रतिनिधीको ज्ञापन पत्र राष्ट्रपतिलाई : दलहरु लोकतन्त्रका जग हुन् भन्ने नभुल्न सरकारलाई आग्रह



काठमाडौं नागरिक समाजमा आवद्ध विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले राजनीतिक दलहरु लोकतन्त्रका जग हुन् भन्ने कुरा नभुल्न राष्ट्रपति मार्फत सरकारलाई सम्झाएका छन् । विभिन्न संघ संस्थाका १४ जना प्रतिनिधिले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर एक ज्ञापन पत्र बुझाँउदै दलहरुको भूमिकालाई नजरअन्दाज गरिएमा नयाँ प्रकारको द्वन्द्व उत्पन्न हुने भएकोले यसतर्फ सजग हुन पनि राष्ट्रपतिलाई उनीहरुले स्मरण गराएका छन् ।
‘लोकतन्त्रको आधारस्तम्भ आम नागरिक र राजनीतिक दल भएकोले उनीहरुको उनीहरुको भूमिकालाई न्यूनिकरण गर्ने,दलका विरुद्धमा प्रतिशोध साँध्ने र संवैधानिक संरचनाहरुलाई असंवैधानिक ढंगले खुम्च्याउने वा चलाउने कार्य भएमा अर्को द्वन्द्व वा तनाव सृजना भइ ’ राष्ट्रपतिलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ‘अन्तरिम सरकार आफ्नो मुल दायित्वबाट च्यूत हुन सक्ने सम्भावनातर्फ सम्माननीय राष्ट्रपतिज्यू मार्फत सरकारलाई ध्यानआकर्षण र सजग गराउँदै सम्माननीयज्यूबाट संविधानको पूर्ण परिपालना र रक्षा हुनुपर्दछ भनि अनुरोध गर्दछौं । ’
चार बुँदामा बुझाइएको सो ज्ञापन पत्रमा जेनजी आन्दोलनकारी युवाको माग,दलहरुको विश्वास र लोकतान्त्रिक मूल्य मान्यता अनुसार तोकिएकै मितिमा निष्पक्ष निर्वाचन गराउनु वर्तमान सरकारको मुख्य कार्यभार भएको उल्लेख छ । ज्ञापनमा पत्रमा संवैधानिक पद्धतिलाई चलायमान बनाएर देशमा लोकतन्त्रको अनुभती गराउनका लागि राष्ट्रियसभाको पूर्ण सञ्चालन पनि एउटा उपाय हुन सक्ने बताइएको छ । यसका लागि पनि राष्ट्रपति पौडेललाई आफ्नो भूमिकामा स्पष्ट भएर कदम चाल्न नागरिक समाजले माग गरेको छ ।
भेटमा राष्ट्रपति पौडेलले नागरिक समाजले उठाएका मागहरुप्रति आफू गम्भिर रहेको बताएको बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बताउनुभयो ।
ज्ञापन पत्रमा अन्तरिम मन्त्रीपरिषदको अध्यक्षको सिफारिसमा संसद विघटन हुनु संविधान सम्मत नभएको,यो कदमले सरकार र दलहरुबीचको सम्बन्धमा तिक्तता ल्याएको उल्लेख गरिएको छ । ‘यो कदमले संविधानको रक्षाका लागि उभिएका संघ संस्थामा आघात पुगेको हाम्रो निष्कर्ष छ ’ राष्ट्रपतिलाई बझाइएको ज्ञापन पत्रमा भनिएको छ ।
ज्ञापन पत्रमा हस्ताक्षर गर्नेहरुमा महेश कुमार मास्के,सुशील प्याकुरेल,टिकाराम भट्टराई,डा.कुन्दर अर्याल,कनकमणी दिक्षित,जगत देउजा रहेका छन् । यसैगरी रत्नसंसार श्रेष्ठ,पर्शुराम तामाङ,मल्ल के सुन्दर,चण्डेश्वर श्रेष्ठ,राजेन्द्र महर्जन लगायत छन् । यसैगरी गीता त्रिपाटी,विन्दु शर्मा,शरद वन्तले पनि ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् । यो समुले आज बिहान शितल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेको हो ।