अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगलागीले ध्वस्त भएको संसद भवन अवलोकनमा सभामुख घिमिरे

आगलागीले ध्वस्त भएको संसद भवन अवलोकनमा सभामुख घिमिरे


काठमाडौं- प्रतिनिधी सभाका सभामुख देवराज घिमिरे जेनजी आन्दोलनका क्रममा आगालगीबाट ध्वस्त भएको संसद भवनको अवलोकनका लागि बानेश्वर पुग्नु भएको छ।

सभामुखसँगै उपसभामुख इन्दिरा राना,राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरे पनि सभामुख घिमिरेका संसद सचिवालयका महासचिव,सचिव लगायत पनि आगलागी र तोडफोडले ध्वस्त भएको संसद भवनको अवलोकनमा पुग्नु भएको संसदका सचिव हर्कराज राईले जानकारी दिनुभयो।

राईका अनुसार विगठित प्रतिनिधीसभाका संसदीय दलका सचेतक,पूर्व साँसदहरु पनि बानेश्वर पुग्नु भएको छ । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा संसद भवनमा आगजनी,टुलपाट र व्यापक तोडफोड भएको थियो। यस भवनमा राष्ट्रियसभाको पनि बैठक कक्ष रहेको थियो । प्रतिनिधी सभा विघटन भए पनि राष्ट्रियसभा चालु अवस्थामा नै रहेको छ।