अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशले ठूलो क्षति व्यहोरेको छ, यसलाई उठाउन सबै लाग्नुपर्छ: सभामुख घिमिरे

देशले ठूलो क्षति व्यहोरेको छ, यसलाई उठाउन सबै लाग्नुपर्छ: सभामुख घिमिरे


काठमाडौं-सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा भएका घटनाले मुलुकलाई गम्भीर अवस्थातर्फ धकेलेको भन्दै सबै मिलेर देशलाई उठाउनुपर्नेमा जोड दिनुभएकाे छ।

क्षतिग्रस्त संसद भवनको अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरे देशले ठूलो क्षति व्यहोरेको भन्दै यो दुःखद घडीमा सहकार्य र एकतामार्फत मात्र मुलुकलाई अगाडि बढाउन सकिने बताउनु भयाे।

सभामुख घिमिरेले भन्नुभयाे, ‘खोजेको के हो, सबै कुराहरू गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ, बुझ्नुपर्छ। अहिले हामीले व्यहोरेको अवस्था ज्यादै दुःखद छ। यसबाट उठेर ठिक ढंगले अगाडि बढ्नु हाम्रो सामूहिक दायित्व हो।’

सभामुख घिमिरेले समस्या समाधानका लागि हिंसा होइन, वैकल्पिक बाटा अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै सबै नेपाली जनता मिलेर राज्यलाई माथि उठाउन आह्वान गर्नुभयाे। सभामुख घिमिरे अन्तरिम सरकारले ठूलो जिम्मेवारी बोकिरहेको र समाधान निकालेर अघि बढ्नु बाहेक विकल्प नभएको स्पष्ट पार्नुभयाे।