काठमाडौं-सभामुख देवराज घिमिरेले प्रतिनिसभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन नगरी समाधान खोजिएको भए राम्रो हुने बताउनु भएकाे छ। भदौ २४ गते जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको संसद् भवन अवलोकनका क्रममा पत्रकारहरूले सोधेको प्रश्नमा सभामुख घिमिरेलेले सो कुरा बताउनुभएको हाे।
सभामुख घिमिरेले भन्नुभयाे, ‘प्रतिनिधिसभा विघटन नगरी संसदबाटै समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो।’
सभामुख घिमिरेले संसद भवन, सिंहदरबार लगायतका सार्वजनिक भवनमा आगजनी र तोडफोडको घटना हुनु दुःखद रहेको बताउनुभयाे। ‘सार्वजनिक भवनमा आगजनी र तोडफोड गर्नु हुँदैन थियाे । जुन घटना भयो र अहिले जे बेहोरिरहेका छौं यो ज्यादै दुःखद कुरा हुन्। यसबाट उठेर ठीकसँग जानुपर्ने सबैको दायित्त्व हुन्छ। सबै लागौं,’ सभामुख घिमिरेले भन्नुभयाे, ‘ दुर्घटनाहरू नहुनुपर्थ्यो। समस्याहरूलाई राम्रो ढंगबाट समाधान गर्ने बाटाहरू खोज्न सकिन्थ्यो। खोजिन्थ्यो। त्यो हुन सकेन यो दुःखद घटना भयो।’
अन्तरिम सरकारले अहिले देखिएका समस्या समाधान गरी अगाडि बढ्नुपर्ने बताउनुभयाे । सभामुख घिमिरेले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएका कारण गम्भीर परिस्थिति सिर्जना भएको बताउनुभयाे ।






प्रतिक्रिया