अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा अध्यक्ष र समितिका सभापतिबीच छलफल

राष्ट्रियसभा अध्यक्ष र समितिका सभापतिबीच छलफल


काठमाडौँ-बदलिएको राजनीतिक परिस्थितिमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका समिति सभापति र सचिवहरूसँग छलफल गर्नुभएको छ।

सिंहदरबारस्थित कार्यकक्षमा सभाका चार विषयगत समितिका सभापति र सचिवसँग छलफल गरी समितिका बैठक तथा कामकारबाही नियमित गर्न निर्देशन दिनुभयो ।

छलफलमा राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापति मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, कमलादेवी पन्त र सोनाम ग्याल्जेन शेर्पा, राष्ट्रियसभा सचिव डा सुरेन्द्र अर्याल र समिति सचिवहरू सहभागी हुनुहुन्थ्यो ।

((