काठमाडौं-काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किनुभएकाे छ। २०८२ भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलन चर्किएपछि राजीनामा दिएर २४ गते ब्यारेकमा बस्दै आउनु भएका अध्यक्ष ओली बिहीबार बाहिर आउनु भएकाे हाे।
अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएपछि बालुवाटार छाड्नु भएकाे थियाे।
यसअघि निजी निवास बालकोटमा बस्दै आउनुभएका अध्यक्ष ओली भक्तपुरको गुण्डु सर्नुभएकाे छ। त्यहाँ उहाँका निम्ति भाडाको घर लिइएको छ। बालकोटस्थित अध्यक्ष ओलीको घर भने प्रदर्शनकारीले जलाएका छन्। बालकोटको घर जलेकाले ओली गुण्डु सरेका हुन्।
अध्यक्ष ओलीलाई यहाँ ल्याउने पहल एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले गरेका हुन्। बस्नेतले ओलीलाई भव्य कार्यक्रम मार्फत् सार्वजनिक गरिने सार्वजनिक बक्तव्य नै दिएका छन्।
अहिले ओली निवासमा एमाले नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ।
सअघि, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाललगायत सुरक्षाबाट बाहिरिइसकेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सुरक्षा घेरमा नै उपचाररत छन्। आन्दोलनका क्रममा उहाँमाथि हातपात भएको थियो।







प्रतिक्रिया