अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक दललाई निषेध स्वीकार्य हुँदैन: एमाले महासचिव पोखरेल

राजनीतिक दललाई निषेध स्वीकार्य हुँदैन: एमाले महासचिव पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बलिदान गरेर आएका राजनीतिक दलहरूलाई निषेध गर्नेकुरा स्वीकार्य हुन नसक्ने बताउनु भएकाे छ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनुभएकाे हाे।

महासचिव पोखरेलले राजनीतिक दलहरुलाई कमजोर बनाएर वा निषेध गरेर लोकतन्त्र अघि बढ्न नसक्ने बताउनुभयाे। कुनै राजनीतिक दलका नीतिहरु मन परेनन् भने नयाँ राजनीतिक दल खोल्न मिल्ने भन्दै महासचिव पोखरेलले नीतिमा प्रतिष्पर्धा लोकतन्त्रको विशेषता भएको जिकिर गर्नुभयाे ।

महासचिव पोखरेलले भन्नुभयाे, ‘लोकतन्त्रमा राजनीतिक दलहरुलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न सक्दैन। कुनै राजनीतिक दलका नीतिहरु मन परेनन् भने नयाँ राजनीतिक दलहरु खोल्न मिल्दछ। जुन राजनीतिक दलहरु नेतृत्वमा छन्, उनीहरुले नै एकाधिकार प्राप्त गर्दछन् भन्नेकुरा संविधानको मान्यता पनि होइन, हाम्रो कसैको आग्रह पनि होइन । नीतिमा प्रतिष्पर्धा लोकतन्त्रको विशेषता हो।’

महासचिव पोखरेलले नव युवाहरुको आन्दोलनका नाममा मिसाउन खोजिएको षड्यन्त्रले लोकतन्त्रलाई कमजोर पार्ने काम भएको बताउनुभयाे।