अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनौती सामना गरेर एमाले फेरि अगाडी बढ्छ: ईश्वर पोखरेल

चुनौती सामना गरेर एमाले फेरि अगाडी बढ्छ: ईश्वर पोखरेल


काठमाडौं-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती सामना गरेर एमाले फेरि अगाडी बढ्ने बताउनुभएको छ। संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी केन्द्रीय कार्याल डढेर खरानी भए पनि हाम्रो इच्छाशक्ति नमरेको बताउनुभयो। ‘यो चुनौती देखेर आत्तिनु र हताश हुनुपर्दैन। यो चुनौती सामना गरेर नेकपा एमाले फेरि अगाडी बढ्छ’, नेता पोखरेलले भन्नुभयो, ‘हाम्रो कार्यालय डढेर खरानी भयो। तर हाम्रो इच्छाशक्ति मरेको छैन । हाम्रो इच्छाशक्ति कहिले मर्ने छैन।’

नेता पोखरेलले एउटा दुर्भाग्यपूर्ण घटना मुलुकले व्यहोर्नु परेकोमा दुख व्यक्त गर्नुभयाे। एमालेका नेतादेखि कार्यकर्तासम्म कहिले पनि विचलित नहुने उहाँले जिकिर गर्नुभयाे।

संविधान कसैले दान गरेको दिएको उपहार नभएर नेपाली जनताले वर्षौँ संघर्षपश्चात पाएको उपलब्धि रहेको समेत नेता पोखरेलले बताउनुभयाे । संविधान दिवस मुलुकलाई नयाँ उचाइमा पुर्‍याउन नेपालीले गरेको सङ्कल्पको दिवस रहेको समेत उहाँको भनाई छ ।