काठमाडौँ-नेपाली कांग्रेसले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन नाममा घुसपैठ भएको निष्कर्ष निकालेको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निष्कर्ष निकालेको हो।

आन्दोलनमा अर्बौँ मूल्य बराबरको निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी गरेको कांग्रेसले जनाएको हो। कांग्रेसले भन्यो, ‘जेनजी आन्दोलनका क्रममा घुसपैठ भएको छ। घुसपैठ गर्नेहरूले खर्बौँको सार्वजनिक र निजी सम्पत्ति जलाएका छन्।’ बैठकले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गर्ने घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्ने निर्णय गरेको छ।
आन्दोलनका क्रममा नेपाली कांग्रेसका अधिकांश कार्यालय र शीर्ष नेताहरूका घरमा समेत आगजनी भएको थियो।







प्रतिक्रिया