अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस कार्यसम्पादन समितिको निर्णय: संसद् विघटन असंवैधानिक

कांग्रेस कार्यसम्पादन समितिको निर्णय: संसद् विघटन असंवैधानिक


काठमाडौं-नेपाली कांग्रेसले जेनजी आन्दोलनपछि संसद् विघटन गरेर नयाँ सरकार गठन भएको प्रक्रियामा असहमति जनाएको छ। 

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको हो। 

‍बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ। साथै केन्द्रीय समिति बैठक दशैं अघि नै बोलाउने निर्णय समेत गरेको छ।

आजकाे बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको थियो। सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनकारीको आक्रमणमा परेर उपचारका लागि अस्पतालमै रहेकाले खड्काको अध्यक्षतामा बैठक बसेको हो। 

२०८२ भदौ २३ र २४ भदौमा भएको जेनजीको आन्दोलनपछि पहिलो पटक औपचारिक बैठक बसेकाे हो। प्रदर्शनकारीले आगजनी गरेका कारण कांग्रेस केन्द्रीय कार्यालय क्षतिग्रस्त बनेको छ।

बैठकले आन्दोलनका क्रममा शीर्ष नेताहरूको निवास तथा पार्टी कार्यालयमा भएको क्षतिप्रति निन्दा गर्दै पार्टी सुदृढीकरणमा ध्यान दिने निर्णय गरेको छ।