अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी प्रदर्शन

सभापति देउवाको टाउकोमा १२ वटा टाँका लगाइयाे

सभापति देउवाको टाउकोमा १२ वटा टाँका लगाइयाे


काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले हुनाले टाउकोमा १२ वटा टाँका लगाइएको छ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरूलाई सभापति देउवाको स्वास्थ्य अवस्थाबारे उपसभापति पूर्णबहादुर खड्काले जानकारी गराउनु भएको हो। उहाँले ब्रिफिङका क्रममा उपसभापति खड्काले सभापति देउवाको गर्धनमाथि गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी गराउनु भएको थियाे ।

जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेका देउवाको टाउकोमा गम्भीर चोट लागेको र टाउकोमा १२ वटा टाँका लगाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी बताउनुभयाे।  

‘हामी सुरुमा अतालिएका थियौँ। उहाँहरूको अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ,उहाँले भन्नुभयाे, ‘उहाँ (देउवा)को गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ। त्यहाँ १२ वटा टाँका लगाइएको छ। निको हुँदै गएको छ।’

उहाँका अनुसार चिकित्सकले धारिलो हतियार प्रहारबाट उक्त चोट लागेको भनेको र कसले के हतियारले प्रहार गर्‍यो भन्ने  अहिलेसम्म नखुलेको पनि बताउनुभयाे।  

२०८२ भदौ २४ गते भएको जेनजीको हिंसात्मक आन्दोलनमा सहभागी आन्दोलनकारीले सभापति देउवाको निवासमा आगजनी गरेका थिए। आगजनी र तोडफोड हुँदा घरमै रहेका देउवा दम्पत्तीमाथि आक्रमण भएको थियो। 

आन्दोलनकारीले देउवा दम्पत्तीमाथि हातपात गरेका थिए। कुटपिटबाट देउवा दम्पत्तीको शरीर रगताम्ये भएको थियो।