काठमाडौँ-नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले २०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार पनि असंवैधानिक रहेको टिप्पणी गर्नुभएको छ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता चौधरीले अहिले बनेको सरकार असंवैधानिक भएकाले यसको विरोध गर्नुपर्ने बताउनु भएको हो।
‘अहिले बनेको सरकारको विषयमा पनि– बोलौँ– यो सरकार पनि असंवैधानिक तरिकाले बनेको छ। यसको विरोध गरौँ,’ नेता चौधरीले भन्नुभएको छ, ‘संविधान संशोधन अनिवार्य छ– प्रत्यक्ष कार्यकारीको चुनाव गरौँ।’
नेता चौधरीले संवैधानिक परिषद् मार्फत गरिने सबै खाले नियुक्तिहरू खारेज गर्न पनि माग गर्नुभएको छ। आन्दोलनमार्फत विघटन भएको प्रतिनिधि सभालाई पुनः स्थापित गरेर कानुनी राज्यको स्थापना गर्नुपर्ने उहाँले बताउनु भयो।








प्रतिक्रिया