धनकुटा-लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान दिवस को अवसर पारेर नेकपा एमाले धनकुटाले आज जनप्रदर्शन गरेको छ।
लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर नेकपा एमाले धनकुटाले पनि मनाएको छ। एमाले धनकुटाले मदनचोकबाट निकालेको र्याली भीमनारायण चोक बिहिबारे हटिया टुँडिखेल हुँदै मदनचोकमा आएर कोणसभामा परिणत भएको थियो।
‘नेपालको संविधान २०७२ को रक्षा गरौँ’, ‘प्रतिगामी तत्त्व होसियार’ लेखिएका प्लेकार्डसहित मौन र्याली निकालिएको थियो।
कोणसभामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र राईले देशमा अहिले आन्दोलनका क्रममा देशले बेहोर्नु परेको अतुलनीय क्षतिको बारेमा दुःख व्यक्त गर्दै पुन:नेकपा एमालेका कार्यकर्ता तथा एमाले शुभेच्छुकहरू आ-आफ्नो ठाउँबाट देश र जनताको लागि एउटा खम्बा भएर उभिनका लागि उत्प्रेरित गर्नुभयो ।

एमालेले नेपाली जनताको चाहना बमोजिम यही संविधान अनुसार नयाँ तरिकाले अगाडि बढ्नुपर्ने नेता राईले बताउनु भयो ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य प्रदेश कमिटी सदस्यहरू जिल्ला कमिटीका अध्यक्ष तथा सदस्यहरू पालिका कमिटीका अध्यक्ष तथा सदस्यहरु वडा कमिटीका अध्यक्ष तथा सदस्यहरु लगायत झन्डै ७ सयभन्दा बढी नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा संविधान दिवस मनाइएको नेकपा एमाले धनकुटाका सचिव परशुराम नेपालले जानकारी दिनुभयो ।










प्रतिक्रिया