काठमाडौं- हिजोदेखि अवरुद्ध रहेकोमुग्लिन नारायणगढ सडक खण्डको पहिरो हटाउने प्रयास असफल भएको छ।
आज दिनभर पहिरो हटाउने प्रयास भए पनि पुनः पहिरो आएका कारण त्यो सफल नभएको सडक विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिनुभयो।
‘आज दिनभर बाटो खोल्ने प्रयास भयो तर पुनः दुवै साइड बाट ठूूलो ढुंगा र लेदो झरी धन्न एक्साभेटरमा ठूलो क्षति हुन लागेकोले, रातको समय भएकोले प्रमुख जिल्ला अधिकारीहरुको अनुरोध समेतलाई ध्यानमा राखी भोलि बिहान ३ बजे सम्म लाई बाटो खोल्ने कार्य स्थगित भएको छ,’ झाले भन्नुभयो, ‘हाम्रो टिम पहिरो गएको स्थानमा छ र स्थिति सामान्य हुना साथ तत्काल बाटो खोल्ने कार्य सुरु गर्ने छ।’
शुक्रबार साँझ करिब ६ः३० बजेदेखि मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै ठूलो पहिरो खसेको थियो। आज बिहान ७ः४० मा पुनः ठूलो पहिरो खसेर करिब १६० मिटर लम्बाई, १० मिटर चौडाई र १६ मिटर उचाइको पहिरो बनेको छ।
करिब ७० मिटर माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेको सडक विभागले जनाएको छ।






प्रतिक्रिया