काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभाव केही कमजोर बनेको जनाएको छ।
आज विहान महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार मनसुनी वायुको प्रभाव कमजोर स्थानीय वायुको आँशिक प्रभाव रहेको जनाएको छ।
आज बिहान बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको छ। गोरखाको सेतीवासमा पछिल्लो एक घन्टामा ५ \६ मिलिमिटर वर्षा मापन भएको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भु-भागमा साधारणतया बदली रही बाँकी तराई भू -भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भुभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आइतबार राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू- भागमा साधारणतया बदली रही बाँकी भू- भागमा आंशिक बदली रहने पूर्वानुमान छ।
राति कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।






प्रतिक्रिया