चितवन – नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोलामा ३६ घण्टा देखि यातायात अवरुद्ध हुँदा सयौं यात्रुहरुको बिचल्ली भएको छ । तुइन खोलामा गएको पहिरो पन्छाउन प्रयत्न गरिए पनि हालसम्म सफल नभएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । काठमाडौंबाट दशैंका लागि घर हिडेका यात्रुहरु पश्चिम तथा मध्य नेपालबाट काठमाडौंक लागि हिडेका यात्रुहरु तीनदिन देखि तुइनखोला आसपासमा रोकिएका छन् । उनीहरुलाई खानेकुराको पनि अभाव भएको छ । कतिपय यात्रुहरु सडकमै सुतेका छन् ।
हिजो भौतिक पूर्वाधार मन्त्रालयलमा मन्त्री कुलमान घिसिङ सहित सचिव,महानिर्देशक सहित बसेको बैठकले ६ घण्टा भित्र सडक खुलाउने प्रतिवद्धता जनाएको थियो । तर अझै कुनै प्रगति हुन सकेको छैन ।
डिभिजन सडक कार्यालय भरतपुरका अनुसार तीनवटा स्काभेटरले बिहानै देखि सडकको पहिरो पन्छाउने काम सुरु गरे पनि हालसम्म उपलब्धी हासिल भएको छैन । कार्यलयले यात्रुहरुलाई बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । पहिरो खस्ने क्रम रोकियो भने दिउसोसम्म सडक सञ्चालनमा ल्याउन हुने इन्जिनियर अर्जुन घिमिरेले जानकारी बताउनुभएको छ ।






प्रतिक्रिया