अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महावीर पुन पनि मन्त्री बन्दै

महावीर पुन पनि मन्त्री बन्दै


काठमाडौं-वैज्ञानिक तथा सामाजिक अभियान्ताका रूपमा परिचित महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री कार्कीले पुनलाई मन्त्रीको प्रस्ताव राख्नभएको हाे।

राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख समेत रहेका पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ।

हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद्ले मात्र काम गरिरहेको छ। कार्की २०८२ भदौ २७ गते जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियाे। गएको आइतबार तीन मन्त्री नियुक्त गरी पहिलो मन्त्रिपरिषद् बैठक बसेको थियो।