अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताको उद्धारमा देखिएन यातायात मन्त्री घिसिङको चमत्कार: भीमज्वाला राई

जनताको उद्धारमा देखिएन यातायात मन्त्री घिसिङको चमत्कार: भीमज्वाला राई


काठमाडौं-नारायणगढ-मुग्लिन अन्तर्गत तुइन खोला पुल नजिक २०८२ असोज ३ गते साँझ साढे ६ बजे पहिरो खोलामा खसेपछि ४४ घण्टा देखि यातायात अवरुद्ध हुँदा सयौं यात्रुहरुको सडकमै बिचल्लीमा परेका छन्। काठमाडौंबाट दशैंका लागि घर हिडेका यात्रुहरु पश्चिम तथा मध्य नेपालबाट काठमाडौंका लागि हिडेका यात्रुहरु २०८२ भदौ ३ गतेदेखि  सडकमै अलपत्र परेका हुन् । गाडीहरु सडकमै रोकिएका छन्। यात्रुहरुलाई खानेकुराको पनि अभाव भएको छ। कतिपय यात्रुहरु सडकमै सुतेका छन्।

हिजो शनिवार अर्थात भदौ ४ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ सहित सचिव, महानिर्देशकसहित बसेको बैठकले ६ घण्टा भित्र सडक खुलाउने प्रतिवद्धता जनाएको थियो।

यातायात मन्त्री कुलमान घिसिङले ४४ घण्टासम्म जनता सडकमा भोकैप्यासै अलपत्र पर्दा पनि उद्धारमा कुनै चमत्कार देखाउन नसेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले

आरोप लगाउनु भयो।

अध्यक्ष राईले जतना सडकमा बिचल्ली हुँदा मन्त्री घिसिङ भने भारतीय राजदुतसँग भेटघाटमा रमाइरहेको आरोप लगाउनुभयो।

सडक डिभिजन कार्यालय भरतपुरले कहिले दुईवटा कहिले पाँचवटा लोडर तथा एक्जाभेटरले पन्छाउने काम गरेको भए पनि सरकारले अन्य स्रोतहरुको परिचालन नगरेर जनताको समस्याप्रति वेवास्ता गरेको मजदुर नेता राईले दुखेसो गर्नुभयो ।

सबै शक्ति प्रयोग गरेरै भए पनि पहिरो पन्छाउनु पर्ने माग गर्दै आइरहेको संगठनले भरतपुरदेखि नागढुङ्गा सडक खण्डमा करीब ३५ हजार सवारी साधनमा काम गर्ने करीब ८० हजार यातायात मजदुरहरु र करीब ५ लाख यात्रुहरु तीनदिनदेखि अलपत्र परेको बताउँदै सडक डिभिजन कार्यालय भरतपुरको ५ वटा लोडर र एक्जाभेटरबाट मात्रै पहिरो पन्छाउन पर्याप्त नहुने बताउँदै आइरहेको थियो। 

जनता सडकमा भोकभोकै फँसिरहेको बेला मन्त्री घिसिङ भने भारतीय राजदुतसँग भेटघाटमा मस्त हुनु जनताप्रति सरकार उदासिन रहेको अध्यक्ष राईले बताउनुभयो। यतिबेला मन्त्रीले सरोकारवालाहरुलाई छलफलमा बोलाएर तत्काल सडकको पहिरो पन्छाएर यातायात सुचारु गर्नुपर्नेमा विदेशीसँग भेटघाटमा मस्त हुनु गैर जिम्मेवारी रहेको नेता राईले बताउनुभएको छ।

असोज ३ गतेदेखि मुग्लिङ भरतपुर ३६ किलो मिटर र मुग्लिङ नागढुङ्गा करिब सय किलोमिटर सडक पूर्ण रुपमा जाम छ । काठमाण्डौंबाट धनगढी हिँडेका ललित चन्द तीनदिनदेखि देखि सडकमै छन् उनी रमाइलो डाँडाबाट ७ घण्टा हिँडेर तुइन खोला पुलसम्म पुगेका छन् । उहाँका अनुसार बाटोभरी हजारौँ यात्रुहरु अलपत्र छन् सबै भन्दा बढी महिला, बालबालिका, बृद्धबृद्धा र बिरामीहरु मारमा परेकाछन् । कतिपय यात्रुहरु खर्च बिहिन अवस्थामा छन् । कतिपय ठाउँमा सडक एकतर्फी जान सक्ने स्थानमा पनि प्रशासनले रोकपछि विभिन्न स्थानमा वादविवाद भएको र प्रहरी प्रशासनको रुखो बोलीले यात्रुहरु झन प्रताडित हुनु परेको चन्दले बताउनुभयो । वहाँले भन्नुभयो पानी खान पाइएको छैन, खाना खान पाइएको छैन अलिकति भएपनि अगाडी जान पाए हुन्थ्यो बजारको आसपास पुग्नु पाए हुन्थ्यो भन्ने यात्रुहरुलाई छ । पहिरो पन्छाउन नसकेपछि कतिपय यात्रुहरु पैदलै सुरक्षित स्थान तर्फ हिँडेका छन् । सरकारले पहिरो पन्छाइदेला र गन्तव्यतर्फ जाँउला भन्ने आसले रातदिन सडकमै अलपत्र परेका यात्रुहरु घण्टौँ हिँडेर सुरक्षित स्थानतर्फ लागेका छन्।