अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घटस्थापनाका दिन भद्रकालीमा दर्शन र गाडी पूजा गर्नेहरूको घुइँचो [तस्वीरहरु]

घटस्थापनाका दिन भद्रकालीमा दर्शन र गाडी पूजा गर्नेहरूको घुइँचो [तस्वीरहरु]


काठमाडौं-नेपालीहरूको महान चाड बडादशैं आजबाट औपचारिक रूपमा सुरु भएको छ। नवरात्रको पहिलो दिन आज (असोज ६ गते) देशभर घरघरमा विधिपूर्वक घटस्थापना गरिएको छ।

घटस्थापनाका दिन बिहानैदेखि राजधानीको प्रसिद्ध भद्रकाली मन्दिरमा दर्शन गर्ने र गाडी पूजा गर्ने भक्तजनहरूको भीड लागेको देखिन्छ। श्रद्धालुहरू दुर्गा माताको पूजा गरी वर्षभरि सुख, शान्ति र समृद्धिको कामना गर्दै गाडीहरूमा फूलमाला चढाई पूजापाठ गरिरहेका छन् ।

आजकै दिन विधिपूर्वक पूर्ण कलश (घडा) स्थापना गरी त्यसमा शक्तिस्वरूपा दुर्गा देवीको आह्वान गरिन्छ । स्थापना गरिएको कलशको जलले नवौं दिन अर्थात् विजयादशमीका दिन दुर्गा देवीको अभिषेक गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।

बडादशैंको सुरुआतसँगै मठमन्दिरहरूमा भक्तजनहरूको चहलपहल बढ्न थालेको छ ।