काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्रालयमै बस्ने बताउनुभएको छ। पदभार ग्रहण गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै मन्त्री पुनले आफू मन्त्रालयमै सुत्ने भएकोले खाट र भान्साकोठाको व्यवस्था गर्न निर्देशन दिनुभएको छ।
मन्त्री पुनले आफूले आविस्कार केन्द्रबाट राजीनामा दिइसकेको जानकारी दिनुभयो। ‘यो पद ग्रहण गरेपछि म अविस्कार केन्द्रमा रहनु हुँदैन, मैले राजीनामा दिइसकेँ ’ मन्त्री पुनले भन्नुभयो।
‘मेरो त जहाँ काम गर्यो त्यहीँ बस्ने बानी छ। एउटा कोठा बनाउनुस्। मन्त्रालयमै बस्छु। एउटा कुर्सी चाहिन्छ। किचन चाहियो। आफैं पकाएर खान्छु ’ मन्त्री पुनले भन्नुभयो।
मन्त्री पुनले आफूलाई सुरक्षा पनि नचाहिने बताउनुभयो। राज्यले आफूलाई दिएको सुरक्षा सुविधाका सम्बन्धमा उहाँले भन्नुभयो, ‘सेवा सुविधा के छ भने त्यहाँबाट आउँदा एउटा पुलिसको र एउटा आर्मीको मान्छे रहेछ। मैले भाइहरुलाई भनेको छु। रिपोर्ट गर्नु कमाण्डरहरुलाई। म यो मन्त्रालयमा छँदा यहीँ बसौं। यहाँबाट बाहिर निस्किएपछि पछिपछि आउनु पर्दैन।’







प्रतिक्रिया