काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन भएको छ। मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको हो।
२०८२ साउन १० गते नमोबुद्धमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएका तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । तिमल्सिना साउन १० गते शनिबार बिहान नमोबुद्ध-२ बीसकिलोस्थित बीपी राजमार्गमा दुर्घटनामा परेका थिए ।
नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नं.को स्कुटरले बिपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।







प्रतिक्रिया