अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी खुल्यो

मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी खुल्यो


काठमाडौँ-पुन: पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।  तुइन खोलानजिक झरेको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । 

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकलाई दुईतर्फी खुलाउने प्रयास भइरहेको छ। सोमबार दुईतर्फी सडक खुले पनि पहिरो खस्ने क्रम नरोकिएकोले कहिले अवरुद्ध त कहिले एकतर्फ रूपमा सडक सञ्चालन हुँदै आएको छ। 

सवारी चालकले सवारीसाधन अव्यवस्थित तवरले रोकेर राख्दा साइटमा थप उपकरण र इन्धन लैजान समस्या परेको कार्यालयले जनायो । लेन अनुशासनको पालना गरेर यात्रा गर्न कार्यालयले अनुरोध गर्दै आएको छ।