काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला घटनाक्रमलाई विदेशी षड्यन्त्रसँग जोड्दै कार्यकर्तालाई हरेस नखान आग्रह गर्नुभएको छ।
आज मंगलवार गुण्डू निवासमा भेटघाट गर्न आउने नेता-कार्यकर्ता, युवा तथा शुभेच्छुकहरूलाई अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो। नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूलाई अध्यक्ष ओलीले भन्नुभयो- ‘यो विदेशी षड्यन्त्र हो, सबै कुरा खानु, हरेस नखानु। नआत्तिनु, समयसँगै सत्य प्रकट हुन्छ। हाम्रो गल्ती केही छैन, सबै कुरा ठीक हुन्छ, फेरि हामी लयमा फर्कन्छौँ।’
उनका अनुसार पार्टीप्रतिको विश्वास र दृढतामै शक्ति निहित छ। अध्यक्ष ओलीले समयले सत्य उजागर गर्ने विश्वास व्यक्त गर्दै पार्टी फेरि लयमा फर्किने दृढता दोहोर्याउनु भयो।

बालकोटस्थित निवासमा आगजनी भएपछि अध्यक्ष ओली यतिखेर भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आउनु भएको छ। त्यही घरमै पालैपालो नेताहरूसँग भेटघाट गरी राय संकलन गर्दै पार्टी एकता र रणनीतिमा काम गरिरहनु भएको छ।
पार्टीभित्र असन्तुष्टि चिर्न र आगामी कदम तय गर्न अध्यक्ष ओलीले चार दिनमै अधिकांश पदाधिकारीहरूसँग भेट गरिसक्ने क्रम जारी छ।











प्रतिक्रिया