काठमाडौं-जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते सुन्धारास्थित सेन्ट्रल जेल (केन्द्रीय कारागार, जगन्नाथदेवल) बाट निस्केका टोपबहादुर रायमाझी मंगलबार डिल्लीबजार कारागार कार्यालयमा फर्केका छन्। आज रायमाझी कारागार फर्केको कारागार स्रोतले बतायो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए। देशभरका कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए। करिब आधाजसो कैदीबन्दी अहिले कारागार फर्किसकेका छन्।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा रायमाझीसहितका व्यक्तिविरुद्ध मुद्दा चलेको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनी पुर्पक्षमा छन् ।
रायमाझीसँगै सुन्धारा कारागारमा रहेका भुटानी शरणार्थी प्रकरणमै तत्कालीन सचिज टेकनारायण पाण्डे पनि कारागारबाट निस्केका थिए । पाण्डे भने अहिलेसम्म फर्केका छैनन् ।






प्रतिक्रिया