अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन सचिवको सरूवा, गृहमा रामेश्वर दंगाल

तीन सचिवको सरूवा, गृहमा रामेश्वर दंगाल


सरकारले तीन जना सचिवको सरुवा गरेको छ। २०८२ भदौ ६ गते सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ३ सचिवको सरुवा गरेको हो।

गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। गृह सचिवको जिम्मेवारी यसअघि रक्षा मन्त्रालयमा रहेका रामेश्वर दंगालले पाएका छन्। त्यस्तै रक्षा सचिवमा सुमनराज अर्याललाई पठाइएको छ। अर्याल योजना आयोगमा सदस्य सचिव थिए।