अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्न शिक्षामन्त्री पुनको निर्देशन

हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्न शिक्षामन्त्री पुनको निर्देशन


काठमाडौं-नवनियुक्त शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले कर्मचारीहरूलाई तीन बुँदे निर्देशन दिनुभएको छ। मन्त्री पुनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत तीन बुँदे निर्देशन दिइएको जानकारी गराउनु भएको हो।

नेपालभरिका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न मन्त्री पुनले निर्देशन  दिनुभएकाे छ।

विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिइएको छ। समयमा नै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरिने मन्त्री पुनले बताउनु भयाे।

विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिइएको छ । समयमा नै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरिने मन्त्री पुनले बताउनु भयाे।

मन्त्रालयमा आज उठेका र काम तुरुन्त अगाडि बढाउन निर्देशन दिएको ३ वटा सानासाना कदमहरु हेर्नुहोस्ः

१) नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने।

२) केही विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्ष सम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति हो। त्यसैले बिश्वविद्यालय लाई बढीमा तीन महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा मै परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयहरुको अनुदान रोक्का गरि दिने। राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन्।

३) त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बँगैचा सहित फुटपाथ बनाएर बिश्वविद्यालयलाई आकर्षक बनाउने।