अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ-नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। दिनदिनै सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रममा बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको हो। 

यसअघि मंगलबार सुनको रेकर्ड मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ थियो । यस्तै बुधबार छापावाल सुन १० ग्रामको १ लाख ९१ हजार १८५ रुपैयाँ कायम भएको छ । 

यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा २ हजार ६८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार ७०० रुपैयाँ पुगेको हो। चाँदीको मूल्य मूल्य हालसम्मकै उच्च हो ।