अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै


काठमाडौँ-नेकपा एमालेले केन्द्रीय कार्यालय बैठक बोलाएको छ। पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा बैठक बुधबार दिउँसो ३ बजेपछि बस्ने गरी बोलाइएको कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो।

केन्द्रीय कार्यालयमा उपमहासचिव र सचिवहरू सहभागी हुन्छन्। एमालेमा ३ जना उपमहासचिव र ७ जना सचिव रहेका छन् ।

बैठकले २०८२ भदौ २४ गते जनेजी आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड र विध्वंसात्मक गतिविधिबाट पार्टी कार्यालयहरू र नेताहरूको निजी सम्पत्तिको क्षति सङ्कलन गरेर सार्वजनिक गर्ने बुझिएको छ । कार्यालय बैठकपछि केन्द्रीय सचिवालय बैठक समेत बोलाउने तयारी भएको एमाले नेताहरूको भनाई छ ।