अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतको लद्दाखमा युवा आन्दोलन भड्कियो, भाजपा कार्यालयमा आगजनी

भारतको लद्दाखमा युवा आन्दोलन भड्कियो, भाजपा कार्यालयमा आगजनी


काठमाडौं-नरेन्द्र मोदी सत्ताले संविधान संशोधन गरेर विशेष राज्यको सुविधा खोसेर केन्द्र प्रशासित बनाएको लद्दाखमा युवा आन्दोलन भड्किएको छ।

लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने माग राख्दै पर्यावरणविद् र सामाजिक कार्यकर्ताले दुई सातादेखि अनसन जारी राखेका थिए । अनसनमा बसेका सोनम वाङचुककको समर्थनमा निस्केका हजारौं मान्छे सडकमा उत्रिएर लेह हिल काउन्सिलको भवनमा ढुंगामुढा गरेका थिए।

समाचार एजेन्सी पीटीआईका अनुसार प्रदर्शनकारीले सत्तारुढ भारतीय जनता पार्टीको कार्यालयमा आगजनी गरेका छन्। अहिले लेह र लद्दाखको अवस्था तनावग्रस्त रहेको छ। हजारौंको संख्यामा युवाहरु सडकमा उत्रिएपछि परिस्थिति भड्किएको छ। सोनमले हिंसाको बाटो नलिन युवालाई आह्वान गरेका छन्।