अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कार्यालयको बैठक

जेनजी आन्दोलनमा एमालेका ६४ पार्टी कार्यालयमा ताेडफाेड र आगजनी

जेनजी आन्दोलनमा एमालेका ६४ पार्टी कार्यालयमा ताेडफाेड र आगजनी


काठमाडौं-नेकपा (एमाले)ले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका नाममा आफ्ना पार्टी कार्यालयहरू तथा पार्टीका नेता-कार्यकर्ताको निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरणको समीक्षा गरेको छ।

एमाले केन्द्रीय कार्यालयको २०८२ भदौ ८ गते बुधबार च्यासलमा बसेको बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिँदै देशभरका पार्टी कार्यालय र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको बताउनुभयाे।

उहाँका अनुसार प्रारम्भिक विवरणले केन्द्रीय कार्यालयसहित ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको देखाएको छ।

यस्तै, १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर र व्यवसायसमेत क्षतिग्रस्त भएका छन्। हाल अधिकांश कार्यालयमा सरसफाइ र मर्मतको काम सुरु भइसकेको छ।

महासचिव पोखरेलले पार्टी कार्यकर्ताहरू स्वयम्सेवी भावनाका साथ क्षति भएको संरचना पुनःस्थापना गर्ने अभियानमा जुटेको बताउनुभयाे । उहाँले राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्ति पुनः जुर्मुराएर उठ्दै गरेको बताउनुभयाे ।