काठमाडौं-नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड फोनको बिलिङमा समस्या देखिएको छ। टेलिकमको ‘ओसीएस मोड्युल’मा देखिएको समस्याका कारण मध्यरातदेखि भ्वाइस तथा डाटामा समस्या देखिएको हो।
नेपाल टेलिकमका एक वरिष्ठ इन्जिनियरका अनुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ। त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भए पनि कतिपय फोन ‘वान वे’ भएका छन्।
समस्या समाधानका लागि काम भइरहेको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘मध्यरातदेखि टेलिकमको बिलिङमा समस्या आएको हो। अहिले समस्या समाधान भइसकेको छ। थप काम भइरहेको छ।’






प्रतिक्रिया