काठमाडौं-मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारमा केही बेरअघि बैठक सुरु भएकाे हाे।
बैठकमा विकसित घटनाक्रमको समीक्षा गर्दै केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ।
यो बैठक लगत्तै प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गर्नुभएकाे छ।
साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ। जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएकाे हाे।






प्रतिक्रिया