काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधन र शासकीय शासकीय प्रणाली फेर्ने अधिकार अन्तरिम सरकारलाई नभएको बताउनुभएकाे छ।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले संविधान संशोधन वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय रहेको बताउनुभयाे।
प्रधानमन्त्री कार्की भन्नभयाे, ‘६ महिने कार्यकाल रहेको सरकारले सबै काम गर्न सक्ने अवस्था छैन। तैपनि हामी कतिसम्म गर्न सक्छौं त्यसको इमानदार प्रयास गर्ने छौँ । नेपालको संविधान र शासकीय स्वरूपबारे जेनजी पुस्ताले आन्दोलनको क्रममा उठाएको विषय वर्तमान सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय हो।’
प्रधानमन्त्री कार्कीले चुनावपछिको संसदबाट संविधान संशोधन गर्न सुझाव दिनुभयाे।






प्रतिक्रिया