काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी एमालेको ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयको भवन प्रवलीकरण गरेर बस्ने मिल्ने जनाइएको छ।
पार्टीले प्राविधिकलाई पार्टी कार्यालयमा बस्न मिल्ने वा नमिल्ने अवस्थाबारे अध्ययन गर्न लगाएको थियो। प्राविधिकले बुझाएको प्रतिवेदनमा जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको पार्टी कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने उल्लेख गरिएको एमाले केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिनुभयो।
उहाँका अनुसार सात वटा कोठा प्रवलीकरण गर्न मिल्ने र एउटा छत काम नलाग्ने भएकाले पुनःनिर्माण गर्नुपर्ने सुझाव प्राविधिकहरुको छ। केन्द्रीय सदस्य आचार्यले भन्नुभयो, ‘बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकमा पार्टी कार्यालयको भवनका विषयमा छलफल भएको छ । अब पार्टी कार्यालय त्यहाँ बस्ने कि अन्त सर्ने भन्ने पार्टीले चाँडै निर्णय गर्नेछ।’






प्रतिक्रिया