काठमाडौँ-नेपाली प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै झन्डै १६ सय प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।
१५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५९४ जना भर्ना गर्न दरखास्त आह्वान गरेको हो।
जनपद प्रहरी जवानतर्फ एक हजार पाँचसय ५३, प्रहरी कार्यालय सहयोगी हजाम तर्फ ११, कुचीकारतर्फ १५ र खेलाडीतर्फ १५ पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने सूचनामा उल्लेख छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही असोज १९ गतेदेखि आगामी कात्तिक २८ गतेसम्म निवेदन दिन सक्नेछन्।











प्रतिक्रिया