काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच दाेस्राे पटक भेटवार्ता भएको छ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको हो। भेटमा समसामियक विषयमा छलफल भएको बताइएको छ। यसअघि बुधबार मात्र उहाँहरूबीच भेटवार्ता भएको थियो।
त्यसपछि राष्ट्रपति पौडेलले मतदाता नामावली ऐन २०७३ संशोधन गर्न बनेको अध्यादेश जारी गरेका थिए।






प्रतिक्रिया