अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनले जेनेरेशनको बदलावमा ल्याउने चुनौतिहरू

जेनजी आन्दोलनले जेनेरेशनको बदलावमा ल्याउने चुनौतिहरू


अहिले बजारमा जेनेरेशन जेड (जेनजी) आन्दोलनबारे विभिन्न कोणबाट टिकाटिप्पणी हुन थालेको छ। जेनजी आन्दोलनले जे कुरा उठाउन खोजेको थियो, त्यो प्राप्त गर्न अब निक्कै कठिन छ। यो आन्दोलनको माग ठूला दलहरूका नेताहरूले राजीनामा दिएर नयाँ पुस्तालाई अघि सार्नुपर्छ। यो आन्दोलनले संघीयता हटाउनुपर्छ वा धर्म निरपेक्षता हटाउनुपर्छ वा राजालाई स्थापित गर्नुपर्छ वा बालेन वा रवि लामिछाने जस्तालाई सत्ता हस्तान्तरण गर्नुपर्छ वा यसअघिको आफ्नो क्षेत्रमा पाएको असफलतालाई सफल बनाउन सरकारमा पुर्‍याउनु पर्छ नै भनेको थियो। यो आन्दोलनले यी कुनै कुरा भनेको थिएन। आन्दोलनले स्थिर सरकार बन्ने निर्वाचन प्रणाली, सुशासन, देशमै रोजगारीको अवस्था चाहना र आवश्यक्ता अनुसारको प्रविधिको विकासमा उत्पादन बृद्धि गर्ने जस्ता कुरा रहेको छ।

जेनेरेशनको दृष्टिले आन्दोलनको माग
जेनजी आन्दोलनले आफ्ना समस्याहरू इमान्दारपूर्वक राखेको थियो। शालिनताका साथ प्रदर्शन पनि गरेको थियो। जेन-जी आन्दोलन शुरूका समयमा उनीहरूको आन्दोलनबारे निर्देशन सुन्दा उनीहरूको आन्दोलनलाई जो कसैले समर्थन गर्दछ। उनीहरूको आन्दोलनको आचार संहिता प्रष्ट पारिदै थियो। आन्दोलन शान्तिपूर्ण रहने छ, प्रशासनले निषेध नगरेको स्थानसम्म आफ्नो प्रदर्शन हुने, उत्तेजक भड्काव ल्याउने खालका नाराहरू नलगाउने, तोडफोड, ढुङ्गामुडाजस्ता कार्य नगर्ने र आन्दोलन सकिएपछि सडक सफा गर्ने जस्ता निर्देशन आन्दोलनका जेन जी नेताहरूले दिएका थिए । यो भावभूमिबाट हेर्दा जेन जी आन्दोलन निक्कै दमदार थियो। सबैले सम्मान गर्ने थियो र सचेत नागरिकले जेन जी आन्दोलनले उठाएको मागहरू स्थायी सरकार हुने गरीको निर्वाचन प्रणाली, सुशासन कायम गरी रोजगारीको अवसर सिर्जना गर्ने अत्यन्त जायज छ। यी मागहरूले यो जेनेरेशनको प्रतिनिधित्व गरेको छ।

जेनजी आन्दोनको मागले हरेक घर परिवारलाई छोएको छ। जेनजी भन्नेसाथ नागरिकतासँगै पासपोर्ट बनाउने अध्ययन भिसामा विदेश जाने अनि विदेशमै बस्ने रोजगारी गर्ने र उतैको नागरिकता लिएर नेपालबाट विस्थापित हुने कुराले धेरै परिवारलाई छोएको छ। विमारी पर्दा आप्mना छोरा छोरी वा नाति नातिनीको अनुहार हेर्न नपाइने विमारी हुँदा घरबाट अस्पताल पु¥याउने सदस्य पनि नपाउने अवस्था निक्कै चिन्ताजनक पीडादायी नै हो । हुँदा हुँदा घरमा मात्रै होइन अबत छिमेक र पालिका मै यो अवस्था आउन थालेको छ। पुस्ता (जेनेरेशन)–को दृष्टिले यो आन्दोलनको माग हेर्दा अत्यन्तै शिष्ट, दूरगामी परिवर्तनको लागि र नेपालमा जेनेरेशन ग्याप हुँदै गरेको अर्थात नेपालमा बीचको पुस्ता नै गायव हुने अवस्था आएकोले यो आन्दोलनको मर्मलाई सबैले महसूस गरेका छन्। र, समर्थन पनि ।

आन्दोलनमा अकल्पनीय घुसपैठ
सामाजिक सञ्जालका धेरै साइटहरू बन्द भए पनि जेनजी आन्दोलनकारी सामाजिक सञ्जालकै माध्यमबाट भेला भएका थिए। जेनजी आन्दोलनका आयोजकहरू विभिन्न समूहमा भए पनि उनीहरूले प्रष्टै रूपमा हाम्रो आन्दोलनमा घुसपैठ भयो, अब साथीहरू हामी घर फर्कौ भन्दै सन्देश प्रवाह गरेको उनीहरूले पटक-पटक भन्दै आएका छन्। केही जेनजीका आयोजकहरू अहिले पनि सम्पर्कमा नआएको र कसैले यस्तो होइन भनेर खण्डन पनि नगरेको हुँदा असली आन्दोलनका असली नायकहरू गायब पारेर घुसपैठ आन्दोलनमा पानी बाँड्न लगाउने र पानी बाँड्नेहरू आन्दोलनको उपलब्धीको नेतृत्व गरिरहेका छन् अर्थात् पानी बाड्न गएका सुदन गुरुङ र पानी बाड्न लगाउने बालेन्द्र साहहरू। अहिले प्रधानमत्री र मन्त्रीहरू पजनी गर्ने कार्यमा यिनै पानी बाँड्नेहरू र बाँड्न लगाउनेहरू लागेका छन्।

यी घटनाहरूपछि लगत्तै भन्न थालिएको छ अझै ठूलो दुर्घटना हुने सम्भावना छ। त्यसले के देखाउँछ भने यो आन्दोनमा देखिएको कमजोरी र आलोचकहरूलाई अब तिम्रो पालो पनि भन्न लागिएको हुनु पर्दछ। आन्दोलनले राष्ट्रको संरक्षकदेखि सबै अंगमा गरेको प्रहार ती जेनजीले गरेको होइन भनेर बुझ्न सकिन्छ। आन्दोलनले राष्ट्र प्रमुख बस्ने ठाउँदेखि कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र आपराधिक जत्थाको पहुँचमा सहज पुग्ने हैसियत राख्ने प्रहरीमाथि प्रहार भएकोले यस आन्दोलनमा प्रहरीलाई पनि बदनाम गराउने प्रयत्न भएको छ।

सबै कुराहरू प्रष्ट बन्दै आएको छ। राष्ट्रको मुख्य प्रशासनिक कार्यालय सिंहदरबार आगो लगाएर नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भएको नक्सा तथा केही प्रमाणहरू जसले विश्व समुदायमा पनि विश्वासनीय आधार प्राप्त गर्न सक्छ हो त्यो प्रमाण नष्ट गर्ने चेष्ठा गरिएको छ। न्यायपालिका माथिको प्रहार हुनु अघि आन्दोलनको भिडमा बोलेको केही भनाई र उद्देश्यलाई हेर्दा प्रष्ट हुन्छ। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भयानक ढंगले केपी ओली सरकार विस्थापित गरिन्छ भन्नु र त्यही ढंगले आगजनीको क्षेत्रमा माओवादी कार्यकर्ताको अगुवायी हुनु, रास्वपाका कार्यकर्ताहरूको ठूलो संख्यामा गएर ललितपुरको नख्खु कारागार ब्रेक गरी रास्वपाका अध्यक्ष रवि लामिछानेसहित हजारौं कैदीबन्दीलाई बाहिर निकाल्नु अनि तिनै कैदीबन्दी आगजनीको कार्यमा जुट्नु अर्को घुसपैठ हो।

जब जेनजीले आन्दोलनमा घुसपैठ भएको भन्दै फिर्ता हुनासाथ बाहिरबाट घुसपैठ भएको समूहले प्रहरीलाई अझ बढी उत्तेजित गराउनु र प्रहरीसँग नभएको स्वचालित हतियारबाट अन्दाधुन्द गोली प्रहार गर्नु, एम्बुलेन्सबाट पनि गोली प्रहार भएको फुटेजहरूले जेनजीको आन्दोलनमा गतिलै घुसपैठ भएको भन्ने शंकालाई थप बल प्रदान गर्दछ। प्रधानमन्त्रीको तर्फबाट प्रहरीलाई गोली हान्ने आदेश दिने कुनै नियम वा चेन अफ कमाण्ड नभएकोले सरकारले आदेश दियो भन्दै घटनालाई मुठभेट गराउन स्वार्थ समूहहरू राम्रै ढंगले लागेको देखिन्छ। प्रहरीसँग नभएको हतियारबाट गोली चलेको कुरा बाहिर आएको छ । यी सवै शंकाहरूलाई न्यायिक छानविन गरी सत्य तथ्यकुरा बाहिर ल्याउन जरूरी छ। र, दोषीलाई कानुनको घेरामा ल्याउन जरूरी छ।

जेनजीको आन्दोलनको उपलब्धी हासिल गर्न अर्थात् प्रधानमन्त्री तथा मन्त्रीमण्डल गठन गर्न जेनजी तयार भएन, त्यसका फाइदा लिन बालेन्द्र साह र सुशिला कार्कीबीचको शक्ति संघर्षमा कार्की प्रधानमन्त्री बन्न सफल हुनुभयो। बालेन्द्र साह र सुशिला कार्की दुबै कुनै न कुनै विदेशी शक्तिकेन्द्रको प्रतिस्पर्धामा हुनुहुन्थ्यो। उहाँहरू सबै जेनेरेशन एक्समा पर्नु हुन्छ। यो आन्दोलनले राजनीतिक दलका नेताहरू बुढा भए भनेर जसरी भनिन्थ्यो। तर त्यही पुस्ताको नेतृत्व गर्नेहरूले किन जेनजी पुस्ताका प्रधानमन्त्री छान्न सकेनन्। किनभने जेनजी पुस्ताले दलका नेताहरूका बारेमा कुरा उठाएका थिएनन्, उनीहरूले भ्रष्टाचारको विरोध गर्दै सुशासन, रोजगारीको अवस्था सिर्जना गर्ने र स्थिर सरकार बन्ने गरीको निर्वाचन प्रणालीको माग राखेका थिए। त्यसकारण आन्दोलनको स्प्रिड यस्तो छ उस्तो छ भन्नुको कुनै अर्थ छैन। किनभने खास आन्दोलनकारीको स्थान घुसपैठबालाको कब्जामा पुगेको आन्दोलनको उपलब्धीमा पनि आन्दोलनकारी हैन आन्दोलनमा पानी बाँढ्ने र पानी बाँढ्न लगाउनेहरू दोहन गर्दैछन्। अहिले तिनै घुसपैठबालाहरू दलहरू टाउको नउठाउन भनी विदेशी टट्टुहरूको बोली बोलिरहेछन्।

कमजोर सूचना संयन्त्र

जेनजी आन्दोलनमा प्रदर्शन हुने जनशक्ति, आन्दोलनले गर्ने क्षति र आन्दोलनमा घुसपैठ हुने सम्भावनालाई सरकारी सूचना संयन्त्रले भेउ नै नपाएको जस्तो देखिन्छ। देशभरिमा यो आन्दोलनकारी उठ्दैछ, कुन-कुन शक्ति लागेका छन् भन्ने कुरा सरकारसँग सूचना हुनु पदथ्र्यो। त्यो सूचना थियो भने सरकारले किन सावधानी अपनाएन ? थिएन भने सरकार सरकारी सूचना संयन्त्र सरकारसँग नभई अर्कौ शक्तिसँग बफादार छ त्यो करा पनि छुट्टयाउन जरूरी छ।

नेपाल प्रहरी मात्रै कर्तव्यपालक सेनासँग प्रश्नै प्रश्न
यो आन्दोलनमा कर्तव्य पालन गर्ने सिंगो नेपाल प्रहरी मात्रै देखा पर्‍यो। सशस्त्र प्रहरी र नेपाली सेनाले आफ्नो कर्तव्य निर्वाहमा निरीहपन देखाएको छ। नेपालको सेना न देशको सीमा रक्षा गर्न सक्छ, न जनताको जीउ धनको रक्षा गर्न ? न उसको परमाधिपतिको रक्षा गर्न ? सेनाले कुनै तहमा पनि आफ्नो सक्षम प्रस्तुति किन देखाउन सकेन ? नेपाल राष्ट्रको सुरक्षा जिम्मा लिन नेपाली सेना सक्छ कि सक्दैन त्यो सेनाले नेपाली जनतालाई विश्वासनीय आधार प्रस्तुत गर्नु पर्दछ। जब सेनाले कार्यपालिका, न्यायपालिका व्यवस्थापिकाको संरचनाहरूको भौतिक सुरक्षा गर्न पनि सक्दैन ! आफनो परामाधिपतिको कार्यालय भवन संरक्षण गर्न सक्दैनभने किन चाहियो भन्ने प्रश्न उठ्न सक्छ। आफ्ना तीन/तीन वटा गण भएको सिंहदरवारमा आगलागी हुँदा सेना टुलुटुलु हेरेर बस्यो यस्तो सेना किन चाहियो भन्ने प्रश्न उठन सक्छ त्यसकारण अब यो आन्दोलन न्यायिक छानविन हुनु पर्दछ सबै क्षेत्र जवाफदेही बन्नु पर्दछ। केही अनुत्तरित विषयमा सेनाले प्रष्ट पार्न जरूरी छ। नेपाली जनताले तिरेको तिरोबाट सञ्चालित सरकारी जिम्मेवार क्षेत्रले आफ्नो क्षेत्रको जिम्मेवारी उत्तरदायित्वका बारेमा प्रष्ट पार्न जरूरी छ।

आन्दोलनबारे एमाले अध्यक्ष केपी ओलीको धारणा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा घुसपैठ भई हिंसा मच्चाउँदा युवाको ज्यान गएकामा दुःख व्यक्त गर्दै उहाँले तत्कालीन सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको स्पष्ट पार्नुभयो। ‘प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु’, उहाँले भन्नुभएको छ, ‘यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईंहरूको सम्झनामा ताजै छन्। नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो।’

अध्यक्ष ओलीले संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्ने गरी भूपरिवेष्ठित देशलाई भू–जडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचना बनाइरहेको र उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेको स्मरण गर्नुभयो। ‘हाम्रो सार्वभौमसत्ताको सामथ्र्य विस्तार गरेका थियौं। हाम्रा विकास संरचनाका जग बसालेका थियौं। अर्थतन्त्र तङ्ग्रदै थियो, ‘यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौं । प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ– नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो ? वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसूस गर्नेछ। विदेश जाने र आउने विमानस्थलको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसूस गराउनेछ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ।’

युवाले काजी भीम मल्ल देशको सिमाना विस्तार गरेर देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रहेको घटना पनि अध्यक्ष ओलीले स्मरण गर्नुभएको छ। संविधान दिवसका अवसरमा एमाले अध्यक्ष ओलीले वक्तव्य जारी गर्दै देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै जारी भएको संविधान नेपाली जनता आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा भएको उल्लेख गर्नु भएको छ।

साइलेन्ट जेनेरेशनदेखि जेनेरेशन बिटासम्मको नेतृत्व गर्ने पार्टी एमाले मात्रै हो

जेनजी पुस्ताले उठाएको तीन कुरा जायज थियो। त्यो भनेको भ्रष्टाचार नियन्त्रण, स्थिर सरकारको लागि निर्वाचन प्रणाली, सुशासन जिम्मेवारी बोध भएको सरकार। शायद यसको लागि स्थिर सरकारको आवश्यकता पर्छ। परिपक्व नीति विचार र कार्यक्रम सहितको जिम्मेवार राजनीतिक दल चाहिन्छ। त्यो राजनीतिक दल जसले देशको स्वाभिमान, सार्वभौमसत्ता सम्पन्न राष्ट्र, देशप्रेमको भावना बढ्दै थियो। समय अनुसार विकास हुन नसकेको ज्ञान दिलाउने सरकारको नेतृत्व गर्ने केपी शर्मा ओली नै गर्नु भएको थियो। २०७४ देखि २०७८ सम्मको सरकारले त्यसअघि २० वर्षमा गर्न नसकेको काम गरेको थियो। त्यही भएर जनताले भन्न थालेका थिए- चार वर्षमा यत्रो काम हुँदो रहेछ यतिका वर्ष के गरे ? सबै भ्रष्टाचारमा सिध्याए। यो जनताको आवाजलाई अहिलेको घुसपैठ समूहले नै सबैभन्दा बढी काम गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेसम्म सबैले गरेका भ्रष्टाचारको फाइल ओलीले गरेको भनी प्रचार गरे। खासगरी गोदी मिडियाले ओली विरुद्ध चलाएको प्रचार चुच्चे नक्शा नै हो। नाकाबन्दी विरुद्ध उभिएको र भूपरिवेष्ठितबाट भूजडित देश नेपाल बनाउन सफल नेतृत्व केपी ओली नै हो। ओलीलाई कुनै तरहबाट निश्तेज गर्न नसकिने देखेर अरूले गरेको भ्रष्टाचारका मुद्दाहरू सबै ओलीले गरेको सामाजिक सञ्जाल र गोदी मिडियाले गरेका हुन्। भारतीय निर्देशनमा दुर्गा प्रसाई र रवि लामिछानेको पार्टीका नेतादेखि कार्यकर्तासम्म एमाले विरूद्ध नकारात्मक भ्रम छर्न गरेका हर्कतहरू हुन्। यो आन्दोलनको लुटपाटमा पनि माओवादीका केही कार्यकर्ता रवि र राजावादीहरू मिले धेरैजसो एमालेका कार्यकर्ताको घरमा लुटपाट मच्चाएका हुन्। न्यायिक छानविनपछि सबै टुङ्गो लाग्ने छ।

नेकपा एमाले त्यो पार्टी हो- जसले जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्त बोकेर प्रष्ट दृष्टिकोण सहित ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई कार्यक्रमको रूपमा अघि बढाएको छ। एमालेका अध्यक्ष ओलीको अगुवाईमा २०७७ सालमा राष्ट्रिय योजना आयोगबाट नेपाललाई उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुकका रूपमा विकास गर्ने गरी अवधारणापत्र बनाएको थियो।

तत्कालीन प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले सो अवधारणापत्र पारित गरेको थियो। सो अवधारणापत्रले समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त स्वस्थ्य, शिक्षित, मर्यादित नागरिक बस्ने मुलुकका रूपमा समेत नेपाललाई रूपान्तरण गर्ने लक्ष्य राखेको छ। आयोगले अवधारणापत्रमा संविधानको भावना, राजनीतिक दलहरूको घोषणा पत्रमा उल्लेख भएका दीर्घकालिन सोच र योजनाको कार्यान्वयनमा जोड दिने समेत अवधारणा पत्रमा उल्लेख गरेको छ ।

एमाले भ्रष्टाचारी भएको भए अहिले कथित जेनजीले नेताको घर तोडफोड गर्दा कांग्रेस र माओवादीको घरमा भारू नेरू डलर पाउने, तर केपी ओलीको घर आगजनी र तोडफोड गर्दा जनताले मायाले दिएको चिनो किताबहरू मात्रै भेटिनुले पनि भ्रष्टाचारी कोहो भनेर सिद्ध होला। ओलीको भ्रष्टाचार गरेको पैसा खोज्न गएका लुटेरा समूहले पानी ट्याङ्कीदेखि ट्वाइलेटको सेफ्टी ट्याङ्कीसम्म फोर्दा पनि केही भेटिएन। ती लुटेरा जमातले ओलीको ९५ वर्षीय बुबालाई बाहिर निकालेर झापा पृथ्वीनगरको घर लुटपाट गर्दै आगो लगाएका थिए। भद्रपुरमा उहाँको भाई जेपी ओलीको घर र दमकमा रहेको डेरामा पनि लुटपाट र आगजनी गरेका छन्। त्यसकारण जनतामा जति वितृष्णा फैलाए पनि नेकपा एमाले मात्रै यो देश बनाउने पार्टी हो। जनताको माझ स्थापित पार्टी हो।

(विद्रोही प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ।)