अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन: प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन: प्रधानमन्त्री कार्यालय


काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता रविलाल शर्माले एक विज्ञप्ति जारी गरी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री नामको कुनै पनि सामाजिक सञ्जाल नरहेको उल्लेख छ।

‘प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी नक्कली आइडी बनाइ फेसबुकरट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचाररपोष्टहरू गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री कार्यालयले यस किसिमको गैरकानुनी कार्य गरेमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही हुने व्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरेको छ।